कोरोना कोषमा सूर्य नेपालको ७ करोड सहयोग


२ श्रावण २०७७, शुक्रबार
dor mani paudel

काठमाडौं, १ साउन । सरकारले स्थापना गरेको कोरोना कोषमा सूर्य नेपाल प्रा.लिले सात प्रदेशमा १ करोडको दरले ७ करोड सहयोग गर्ने घोषणा गरेको छ ।
सूर्य नेपाल प्रा.लिका भाइस प्रेसिडेण्ट-कर्पोरेटश्री रवि केसीले १ करोडका दरले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई १-१ करोडको चेक हस्तान्तरण गरेको हो ।

सूर्य नेपालका तनहुँ कारखाना प्रमुख बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई १ करोडको चेक हस्तान्तरण गरे । साथै बाँकी प्रदेशहरुः प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि छिट्टै सहायता रकम हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ । नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपालले कोरोना विरुद्ध लड्न सातवटै प्रदेशलाई सहयोग गर्ने प्रेसिडेण्ट कर्पोरेट रवि केसीले बताए ।

बाँकी प्रदेशहरुः प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि छिट्टै सहायता रकम हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ । सूर्य नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघिपनि देशमा दैवी तथा अन्य प्रकोपलाई प्राथमिकतामा राखी विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७