बन्दाबन्दीमा बलात्कारका घटना वृद्धि


२ श्रावण २०७७, शुक्रबार
Rape for nayapage

दाङ, २ साउन । बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा बलात्कारका ३२ घटना भएको जनाएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार बलात्कारका घटनाबाट जिल्लामा ४० महिला पीडित भएका छन् । सन् २०१९ को पहिलो ६ महिनामा बलात्कार तथा बलात्कार प्रयासका ४२ घटना भएका थिए ।

इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा बितेको ६ महिनामा जिल्लामा गैरकानूनी रुपमा ३५ जना पक्राउ परेका छन् । यस्तै गत ६ महिनामा बालविवाह र तोडफोड तीन–तीन, हत्या– बोक्सी आरोप – घर निकाला – जातीय भेदभाव–तालाबन्दी एकएक, बन्दहड्ताल र आत्महत्या दुरुत्साहन दुई–दुई, सम्पत्ति आगजनी चार, धम्की तथा कुटपीट नौ र दुव्र्यवहारसम्बन्धी पाँच घटना भएको इन्सेकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७