कलिउडमा एक्लो सानिया खान


१६ माघ २०७४, मंगलवार
saniya khan nepali actress

काठमाडाैं, १६ माघ : विगतमा केही म्युजिक भिडियोहरुमा मोडलिङ गरेकी भएपनि चलचित्र ‘क्रिमिनल’बाट भने सोलो नायिकाको रुपमा डेब्यु गर्दै छिन् सनिया खान । उनीसँग अनस्क्रिन किशोर खतिवडा देखिनेछ । ‘क्रिमिनल’ फ्लोरमा जादैछ । चलचित्र ‘क्रिमिनल’मा एउटी शाहसीक लेडीको भूमिकामा देखिदैछिन्  सानिया ।saniya khan nepali actress

कपिलवस्तु, चनौटा स्थायी घर भएकी नायिका सानिया खान यतिबेला राजधानीमा बसेर नृत्य, अभिनय लगायतमा विधामा प्रशिक्षण लिरहेकी छन् । बलिउड चलचित्र उधोगमा खान कलाकारको उपस्थिति राम्रै भएपनि नेपाली चलचित्र क्षेत्रमा मुस्लिम समुदायको उपस्थिती न्युन रहेको छ ।saniya khan

त्यसमाथि पनि मुस्लिम महिलाको उपस्थितलाई हेर्ने हो भने एकाध भन्दा भेटिन मुस्किल छ । तथापी यस क्षेत्रमा संर्घषरत मुसलिम महिलाहरुले आफ्नो समुदाय, परिवारका विरोधका बाबजुत पनि यस क्षेत्रमा स्थापित हुन कोशिसमा रहेका छन् । आफ्नो धर्म संस्कृतीलाई जगेर्ना गर्दै नेपाली चलचित्र क्षेत्रमा स्थापित हुने कोशिसमा रहेकी एक्लो कलाकार हुन्– सानिया खान ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७