घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


२ श्रावण २०७७, शुक्रबार
gold

काठमाडौं, २ साउन । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ १२ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको हो ।

हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ९ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७