गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,२५६ पुग्यो

आज संक्रमित हुनेमा नवलपरासी पूर्वका मात्रै १८ जना


२ श्रावण २०७७, शुक्रबार
korona 1

पोखरा, २ साउन । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २५६ पुगेको छ ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पछिल्लो परीक्षणको क्रममा तनहुँका ७ जना र नवलपरासीका १८ जनामा संक्रमण देखिएको हो ।

तनहुँको म्याग्दे गाउँपालिकामा १७ र ३० वर्षीय पुरुष, भानु गाउँपालिकाका २७ र २२ वर्षीय पुरुष, व्यास नगरपालिकामा २७, १९ र २४ वर्षीय पुरुष तथा गैंडाकोटका ५ महिलासहित १८ जना गरी २५ जनामा संक्रमण देखिएको हो ।

g 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७