को होला अख्तियारको प्रमुख आयुक्त ?


१६ माघ २०७४, मंगलवार
nabin ghimire and deependra natha

काठमाडौं, १६ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात केही दिनमै अवकाश हुँदै छन् । उनको कार्यकाल फागुन पहिलो हप्ता सकिंदैछ । उनको कार्यकालपछि रिक्त १ आयुक्त पदमा जान चाहनेहरू भित्रभित्रै लबिङमा छन् । वाम गठबन्धनको सरकार नबनेसम्म आयुक्त नियुक्ति हुने सम्भावना छैन ।nabin ghimire and deependra natha

संवैधानिक परिषदको सिफारिस आवश्यक पर्ने भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेर पनि अख्तियारको प्रमुख आयुक्त र आयुक्त नियुक्ति गर्नसक्ने अवस्था छैन । त्यस कारण पनि वाम गठबन्धनको सरकार बनेपछि मात्र अख्तियारमा नियुक्ति हुनेछ ।

नेपालको संविधान २०७२ अनुसार अख्तियारमा प्रमुख आयुक्त र आयुक्त समेत पाँच जना हुनेछन् । प्रमुख आयुक्त बस्न्यातसमेत अहिले अख्तियारमा पाँच जना छन् । बस्न्यातको उमेरका कारण अवकाशपछि प्रमुख आयुक्त हुनेमा आयुक्त नवीन घिमिरेको नाम लिने गरिन्छ । घिमिरे पूर्वकै भएकाले अहिलेसम्म प्रधानमन्त्री हुने भनिएका केपी शर्मा ओलीले उनलाई नै प्रमुख आयुक्त बनाउने अड्कलबाजी सबैले गरेका छन् । घिमिरे एमालेकै कोटामा आयुक्त भएकाले केपी ओली प्रधानमन्त्री भएपछि उनी हुने कुरा लगभग निश्चित जस्तै मानिएको छ ।

बस्न्यातको अवकाशपछि रिक्त एक आयुक्तका लागि सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा दौडधुपमा लागेको समाचार छ । लोकदर्शन रेग्मीले चुनावमा पराजित कामचलाउ सरकारले गरेका ६५ बर्षकालाई बृद्ध भत्तालगायतका देशकै हित प्रतिकूलका निर्णयमा साथ दिएपछि वाम सरकारले उनलाई राजदूत बनाएर पन्छाउने अनुमान गरिएको छ ।

सचिव शर्माले रेग्मीलाई हटाए मुख्यसचिव हुने ख्वाब त देखेका छन् । तर रेग्मीपछिका बरिष्ट सचिव अर्थ सचिव शंकर अधिकारी र महिला मन्त्रालयका ङइन्द्रप्रसाद उपाध्याय भएकाले तत्काल यो इच्छा उनको पूरा हुने सम्भावना क्षीण छ ।

यदि मुख्यसचिव हुने सम्भावना नभए उनी सचिवको जागिरबाट राजीनामा दिएर अख्तियारको आयुक्त हुने दाउमा छन्। । त्यसका लागि एमाले नेताहरूसँग उनले केही चरणमा कुरा समेत गरिसकेको स्रोतले बताएको छ । झलनाथ खनाल सरकारका ऊर्जामन्त्री गोकर्ण विष्टले लोडसेडिङ हटाउने योजनाका साथ खुल्ला प्रतिस्पर्धामा छानिएर विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइएका शर्मा ट्रेड युनियनहरूको असहयोगका कारण राजीनामा दिएर डोलिडारकै जागिरमा फर्किएका थिए ।  उनी २०७१ साउन २२ मा सचिव बढुवा भएका हुन् ।

उनको कार्यकाल अढाई वर्ष पूरा भइसकेको छ । सचिवको पदावधि ५ वर्ष हुन्छ । अढाई वर्ष जागिर बाँकी हुँदै उनी अख्तियारको आयुक्तको दौडधुपमा छन् । उनी विश्वकै चर्चित अमेरिकाको म्यासाचेसे इष्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी)मा अध्ययन गरेका इन्जिनियर हुन् । एमआइटी विश्वमै काविल जनशक्ति उत्पादन गर्ने युनिभर्सिटीका रूपमा चिनिन्छ । एक उच्च प्रशासकका अनुसार उनी अख्तियारको आयुक्त भन्दा पुनर्निमाण प्राधिकरणजस्ता प्रकृतिका कार्यालयका लागि उपयुक्त हुनसक्छन् ।

लोकदर्शन रेग्मीले वाम सरकारलाई अप्ठेरोमा पार्ने देउवा सरकारका हरेक निर्णयमा कांग्रेस पार्टीको मुख्यसचिव जस्तै साथ र सहयोग गरेपछि नेताहरू झस्किएका छन् । कांग्रेस महासमिति सदस्य लक्ष्मीकान्त रेग्मीका छोरा भएको स्पष्ट हुँदाहुँदै विगतमा उनलाई अर्थसचिव बनाएर सम्मान गर्ने एमाले उपमहासचिव विष्णु पौडेलको मुख नै बन्द भएको छ, साँघुमा समाचार छ, अझै विष्णु पौडेलले रेग्मीको बचाउ गर्ने हुन् कि भन्ने त्रासमा एमाले समर्थक उच्चप्रशासकहरु छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७