रेडियो नेपालमा दोस्रो भएको ‘सागर संसार’ को गीत सात बर्षपछि सार्वजनिक (भिडियोसहित)


२ श्रावण २०७७, शुक्रबार
rudarudai haseko manchhe 1

काठमाडौं, २ साउन । रेडियो नेपालद्वारा आयोजित खुल्ला आधुनिक गीत प्रतियोगिता (२०७२) मा दोस्रो भएको गीत आज (शुक्रबार) झण्डै सात बर्षपछि सार्वजनिक भएको छ ।

गोपालचन्द्र राईको शब्द रचना, विक्रम राईको संगीत र सागर संसार राईको स्वरमा रहेको ‘रुँदा रुँदै हाँसेको मान्छे’ बोलको गीतको म्यूजिक भिडियो आज सार्वजनिक भएको हो ।

rudarudai haseko 2 1 1

कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराईलगायतका कलाकारहरुले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

‘जेल पनि सहुँला’ गीतको म्यूजिक भिडियो लकडाउनकै समयमा करिव डेढ करोड दर्शकले हेरेका थिए । उक्त भिडियोमा दुवै जोडी वर्देवा र भट्टराईले अभिनय गरेका थिए । उक्त भिडियोले श्रोता–दर्शकको मन खिचेको थियो ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७