नयाँ मौद्रिक नीति : कर्जाको ब्याज- किस्ता ६ महिनादेखि एक वर्ष ढिला तिरे पनि हुने


२ श्रावण २०७७, शुक्रबार
Mha prasad

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याज तिर्ने समय थप गरेको छ । केन्द्रीय बैंकले कोरोना प्रभावित क्षेत्रहरुलाई ६ महिनादेखि असीमित अवधिसम्मका लागि कर्जाको सावाँ–ब्याज तिर्ने अवधि थप गरेको हो ।

नयाँ मौद्रिक नीतिमार्फत गरिएको व्यवस्थाअनुसार कर्जा चुक्ता गर्न २०७७ असार मसान्तसम्मको अवधि रहेकामा त्यसको म्याद २०७७ पुस, २०७७ चैत र २०७८ असार मसान्तसम्म कायम गरेको हो ।

जसअनुसार सामान्य प्रभाव परेको क्षेत्रका लागि पुस मसान्तसम्मलाई अल्पकालीन कर्जाको म्याद थप गरिएको हो । यसैगरी मध्यम प्रभाव परेका क्षेत्रले कर्जाको किस्ता तथा ब्याज चैत मसान्तसम्म तिरिसक्नु पर्नेछ ।

अति प्रभावित क्षेत्रलाई कर्जाको म्याद एक वर्ष थप गरिएको छ । पर्यटन, होटललगायत क्षेत्रका लागि भने कर्जाको किस्ता तथा ब्याज तिर्ने अवधि भने त्योभन्दा बढी हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७