यातायात मजदुरका समस्याबारे गम्भीर हुन प्रधानमन्त्रीलाई आग्रह


२ श्रावण २०७७, शुक्रबार
110314353 329650974712030 7790140456173029837 n

काठमाडौं, २ साउन । अन्तर्राष्ट्रिय यातायात मजदुर संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै यातायात मजदुरले उठाएका मागप्रति ध्यान दिन आग्रह गरेको छ।


नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले उठाएका स्वास्थ्य सुरक्षा तथा स्वरोजगारका मागलाई सम्बोधन गर्न ध्यानाकर्षण गरिएको हो। प्रधानमन्त्री ओलीलाई इमेल गर्दै संगठनका महासचिव स्टेफेन कटनले मजदुरको अवस्थाप्रति चासो देखाएका हुन्। यातायात संचालन हुदाँ श्रमिकको स्वास्थ्य अवस्थाप्रति चासो देखाइएको हो।

महासचिव कटनले सार्वजनिक यातायात संचालनका लागि फेडेरेशनले तयार पारेको ‘चार्टर अफ पेपर’ समेत संलग्न गरी पठाएका छन्। यातायात सञ्चालन र स्वास्थ्य सुरक्षाका लागि तीन यातायात मजदुर संगठनको कार्यदलले प्रधानमन्त्री ओलीसहित राजनीतिक दलको नेतृत्वलाई जानकारी गराएको छ।

मजदुरको बिमा तथा आइएलओ मापदण्ड बमोजिमको स्वास्थ्य सामग्रीको उपलब्धता, सहुलियत व्याजको कर्जालगायतका ध्यानाकर्षणमा एक्यबद्धता जनाएको उक्त संगठनमा नेपालबाट प्रतिनिधित्व गर्ने अजयकुमार राईले जानकारी दिए।

फेडेरेशनको १५० देशमा सडक यातायात, हवाई जहाज, रेल, पानी जहाज, पर्यटनलगायतका ७०० मजदुर युनियनहरु आबद्ध छन्। विश्वभरका दुई करोड यातायात मजदुर सदस्य संगठनमा आबद्ध छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७