ओली-प्रचण्डको ध्यान पद लेनेदनमा : नेपालको जोड पार्टी र सरकार सञ्चालनका लागि विधि निर्माणमा


४ श्रावण २०७७, आईतवार
Kp Oli pm of nepal Puspa kamal dahal prachand nad madhav kumar nepal

काठमाडौं, ३ साउन । २० वैशाख २०७७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक । स्थान उही प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार । उसैगरी पार्टीभित्र तिव्र बिबाद जारी थियो । तर, २० वैशाख २०७७ को बैठकमा अचनाक विपरित ध्रुवमा रहेका अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको एउटै भाकामा भनाई आयो ।

ओलीले आत्मआलोचना गरे । पार्टी र सरकारलाई विधिमा सञ्चालनका लागि प्रतिबद्धता जाहेर गरे । प्रचण्डले पनि ओलीको भनाईमा भाका मिलाए । प्रचण्डसँग कुममा कुम मिलाएर हिडिरहेका वरिष्ठ नेता माधव नेपाल झस्किए ।  नेकपा सचिवालयमा नाटकीय रुपमा देखिएको समझदारीमा वरिष्ठ नेता नेपालले आंशका व्यक्त गरे ।

र भने, ‘मिलेर जानेकुरा ठीक छ । पार्टीलाई एकताबद्ध गरेर जानेकुरा पनि ठीक छ । पार्टी र सरकार सञ्चालको लागि विधि र प्रक्रिया बनाऔं । यी सबै छोडेर दुई जनाको चोचोमोचो चाँहि मानिन्न ।’ ओली र प्रचण्ड मिलेपछि अन्तत उत्कर्षमा पुगेको विवाद सेलाएर गयो । ओलीको सत्ता संकट तत्काललाई स्थगन भयो ।

फेरि शनिबार उही दृश्य दोहोरिएको छ । विवादको उत्कर्षकै बीचमा शनिबार (३ साउन २०७७)मा भएको नेकपा सचिवालयमा उही २० वैशाख २०७७ को दृश्य दोहोरियो । ओलीको प्रस्तावमा प्रचण्ड सहमत देखिए । वरिष्ठ नेता नेपालले पार्टी र सरकार सञ्चालनको लागि विधि र प्रक्रिया बनाउनु पर्नेमा जोड दिए । 

प्रधानमन्त्री ओलीले अघि सारेको ‘अर्ली महाधिवेशन’को प्रस्तावमा पार्टीका अर्का अध्यक्ष प्रचण्ड लचक देखिए । एक सचिवालय सदस्यको भन्छन्, ‘शनिबार (३ साउन २०७७)मा भएको नेकपा सचिवालयमा उही २० वैशाख २०७७ को दृश्य उस्तै देखियो ।’

शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा शनिबार बसेको सचिवालय बैठकमा ओलीले पार्टीमा अहिले देखिएको संकटको निकासका लागि मंसिरमा गर्ने प्रस्ताव राखे । ओलीको प्रस्तावमा प्रचण्ड लचक देखिए । 

उसैगरी वरिष्ठ नेता नेपालले संशकित भए । दुईजना अहिलेको समस्या दुई अध्यक्ष मिलेर मात्रै नहुने भन्दै पार्टी र सरकारलाई विधिमा सञ्चालनका लागि प्याकेजमा सहमति गर्नुपर्ने बताए । उनले भने, ‘पार्टी र सरकारलाई विधि र प्रक्रियाबाट चलाउनु पर्छ पार्टी र सरकार कसरी सञ्चालन गर्ने प्याकेजमा सहमति हुनुपर्छ, दुई अध्यक्ष मिलेर मात्रै हुँदैन ।’

वरिष्ठ नेता नेपालले फेरि पनि दुई अध्यक्ष मिल्ना साथ समस्या समाधान भइहाल्छ भनेर नठान्न पनि चेतावनी दिए । उनले भने, ‘त्यो ठान्नुभएको भए त्यो भूल हुनेछ, पार्टी र सरकारलाई विधि र प्रक्रियाबाट चलाउनु ।’ नेता नेपालले भने अहिलेको समस्या लेनदेनको नभई विधि र प्रक्रियाको भन्दै त्यसमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७