आर्सनल एफए कपको फाइनलमा प्रवेश


४ श्रावण २०७७, आईतवार
Arsnl Final 1595118323

बेलायत, ४ साउन । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि भिडन्त पक्का गरेको छ ।

वेम्वली स्टेडियममा शनिबार राति आर्सनलले सर्वाधिक १३ पटक एफए कपको उपाधि उचालिसकेको सिटीलाई २–० ले पराजित गरी फाइनल भिडन्त पक्का गरेको हो ।

आर्सनलको जितमा दुवै गोल कप्तान पिएरे एमिरिक अवामेयाङले गरे । उपाधिका लागि अब आर्सनलले चेल्सी र म्यानचेस्टर युनाइटेडबीच आज राति हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७