सुविधासहितको श्रष्टा-सर्जक परिचय-पत्र उपलब्ध गराउँछौ : गणेश रसिक


१६ माघ २०७४, मंगलवार
ganesh rasik cover 768x369 1

गणेश रसिक नेपाली साहित्यका कथाकार, कवि, संगीतकार र गायक हुन् । अहिले नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको सदस्य सचिव रहेका रसिक पछिल्लो समय प्रतिष्ठानकै काममा बढी सक्रिय छन् । भोजपुरमा जन्मिएर इलामलाई कर्मथलो बनाएका रसिकको परिचय व्यापक छ । २०६३ सालमा ‘दशगजामा उभिएर’ पुस्तकबाट ‘पद्यश्री साहित्य सम्मान’ प्राप्त गरेका रसिक पछिल्लो समय लेखन, गायनमा भन्दा प्रतिष्ठानकै श्रीबृद्धिमा लागिरहनु भएको छ । उहाँको व्यक्तिगत जीवनभन्दा पनि प्रतिष्ठानकै गतिविधिमा केन्द्रित भएर नयाँपेजका लागि राजु  शिवा ‘यायावर’ ले गरेको कुराकानीको अंश :ganesh rasik cover 768x369 1

१. नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले अहिले के गर्दैछ ?

अहिले प्रतिष्ठानमा आर्थिक वर्ष २०७४/०७५ को दोश्रो चौमासिकका कामहरु भइरहेका छन् । जसअनुसार त्रिशुलीमा संगीत महोत्सव भईरहेको छ । झापामा आदिवासी जनजाति, लोपोन्मुख र अल्पसंख्यकहरुको सँस्कृति र पहिचान झल्काउने साँस्कृतिक मेला आयोजना गरिएको छ । यस्तै भैरहवामा पनि साँस्कृति मेला आयोजना गरिएको छ । यसबाहेक वार्षिक क्यालेण्डर अनुसारका नियमित काम र कार्यक्रमहरु चलिरहेका छन् । साथै देशभरमा भएका संगीत तथा नाट्य विद्याका अनुसन्धानात्मक पुस्तकहरु आउँदैछन् । अन्य प्रकाशनसम्बन्धी कामहरु भइरहेका छन् । प्रतिष्ठानको आफ्नै जग्गा नहुँदा काम गर्न केहि असजिलो छ । तर, पनि प्रतिष्ठानकै काममा बढी समय दिइरहेको छु ।

२. प्रतिष्ठानले गीत–संगीत र साहित्यका क्षेत्रमा लागेकाहरुलाई परिचय–पत्र दिन लागिरहेको खबर बाहिर आएको छ । यस्तो सोंच कसरी बन्यो ?

लामो समय गीत–संगीत, नाटक र साहित्य क्षेत्रमा क्षेत्रबाट सामाजिक रुपान्तरणका लागि योगदान पु¥याईरहनु भएका श्रष्टा–सर्जकहरुको योगदानको मूल्याङ्कन गर्दै उहाँहरुको सम्मान र पहिचान स्थापित हुनुपर्छ भन्ने मान्यताकै कारण परिचय–पत्र प्रदान गर्ने सोंच बनाएका हौं ।
३. परिचय–पत्र प्रदान गर्नका लागि प्रतिष्ठानले कस्तो मापदण्ड बनाएको छ नि ?

निश्चित नै यसका लागि मापदण्ड आवश्यक पर्छ नै । यसका लागि प्रतिष्ठानले पनि मापदण्ड बनाएको छ । मुख्य गरी गीत–संगीत र नाट्य विद्यामा ४० वर्ष योगदान पु¥याउनु भएका ६० वर्ष उमेरका श्रष्टा–सर्जकलाई विशिष्ठ र २५ वर्ष यो क्षेत्रमा योगदान गर्नुभएका र उमेर ४० वर्ष पूरा गर्नु भएकालाई दुई वर्गमा विभिजन गरी परिचय–पत्र प्रदान गर्ने तयारीमा छौं । गीत–संगीत र नाट्य विद्याबाट मुलुकको आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रको उत्थानका लागि योगदान पु¥याउनु हुने सबै श्रष्टा–सर्जकको कामको मूल्याङ्कन गर्नका लागि समिति पनि गठन भएको छ । समितिले उहाँहरुको योगदानको अध्ययन्, अनुसन्धान र मूल्याङ्कन सही र निष्पक्ष रुपमा गर्नेछ । यसका लागि कार्यविधि पनि बनेको छ । सँस्कृति तथा पर्यटन मन्त्रालयले यो कार्यविधिलाई स्वीकृत समेत गरिसकेको तपाईको मिडियामार्फत जानकारी गराउँदछु । अब चाँडै सार्वजनिक सूचना आह्वान गरेर श्रष्टा–सर्जकहरुलाई परिचय–पत्रका लागि आग्रह गर्दछौं ।

४. नेपालमा छोटो अवधिमै गीत–संगीत, साहित्य र नाट्य क्षेत्रमा सफल भएकाहरु पनि धेरै हुनुहुन्छ । उनीहरुले मापदण्डमा नपरे र परिचय–पत्र नपाउने अवस्था भए गुनासो आउने र प्रतिष्ठानप्रति नै आलोचना हुने अवस्था आउँदैन ?
तपाईको यो कुरा जायज हो । तर, यस्ता सर्जक–श्रष्टाको मूल्याङ्कन र गुनासो सम्बोधन गर्नका लागि प्रतिष्ठानले विशेष समिति पनि बनाएको छ । परिचय–पत्र वितरण गर्ने कुरा व्यक्तिले नभई संस्थाको कुरा भएको जानकारी पनि गराउँछु । तर, उहाँहरुको चर्चा, ख्याती र योगदान अनुसार यसमा पनि परिचय–पत्र व्यवस्था गर्नेछौं ।

५. राष्ट्रिय परिचय–पत्र वास्तवमा केका लागि हो ? उहाँहरुलाई राज्यबाट के सुविधा प्राप्त हुन्छ ?
हो, यो हाम्रा लागि पनि समस्याको विषय नै हो । वास्तवमा परिचय–पत्र अर्थ केका लागि भन्ने जिज्ञासा र प्रश्न उठेका पनि छन् । अर्थहीन परिचय–पत्रको औचित्य र महत्व रहँदैन भन्ने हामीले पनि सोंचेका छौं । यसका लागि हामीले राज्यका सम्बन्धित निकायमा कुरा उठाएका छौं । राज्यले उहाँहरुका लागि के सुविधा उपलब्ध गरान सक्छ भन्ने विषयमा केहि छलफल पनि भएका छन् । राज्यले यस विषयमा गम्भिर भएर सोंच्छ भन्ने लागेको छ ।ganesh rasik 2

६. अरु देशरुमा यस्तो परिचय–पत्रको अभ्यास छ कि छैन ?
साँच्चै नसोचेको प्रश्न गर्नुभयो । अरु देशमा श्रष्टा–सर्जकलाई परिचय–पत्र दिएको मैले पनि सुनेको छैन रहेछु । नेपालमा चलचित्र कलाकारहरुलाई चाहीं केहि वर्ष पहिला परिचय–पत्र दिइएको जानकारी छ । अन्य देशमा शायद यो अभ्यास छैन नै होला ।

७. पहिलो चरणमा कतिले यो परिचय–पत्र पाउँदै हुनुहुन्छ त ? अनि कहाँबाट परिचय–पत्र वितरण शुरु हुन्छ ?
पहिलो कुरा हामीले कलाकार, साहित्यकार, नाट्यकर्मीहरुका विभिन्न संघसंस्थाहरुमा सम्पर्क पनि गरेका छौं । ती संघसंस्थाका सदस्यहरुबारे जानकारी लिने काम पनि भईरहेको छ । उदाहरणका लागि लोकदोहोरी कलाकारहरुको संस्थामा २५ सय सदस्य रहेको जानकारी पाएका छौं । यस्तै अन्य संघसंस्थाहरुमा पनि ५ सयदेखि एक हजारसम्म सदस्य रहेको प्रारम्भिक जानकारीहरु छन् । यस्ता संघसंस्थाका सबैलाई परिचय–पत्र दिने भन्ने कुरा पनि व्यवहारिक र सान्दर्भिक हुँदैन । जथाभावी परिचय–पत्र दिएर पनि अर्थ राख्दैन । परिचय–पत्रको गरिमाको कुरा पनि आउँछ । यसैले अहिले नै यति-उति परिचय–पत्र वितरण गर्छौ भन्ने छैन । जहाँसम्म कहाँबाट परिचय–पत्र वितरण शुरु हुन्छ भन्ने सवाल छ, पहिलो चरणमा हामी गीत–संगीत, साहित्य र नाट्य क्षेत्रका राष्ट्रिय व्यक्तित्वलाई एक कार्यक्रम आयोजना गरी पहिलोपल्ट परिचय–पत्र वितरण गर्छौ । त्यसपछि सात वटै प्रान्तमा गएर हामीलाई प्राप्त श्रष्टा–सर्जकहरुको नामावली सूची अध्ययन्–अनुसन्धान र विश्लेषण गरी कुन वर्गको परिचय–पत्र कसलाई दिने भनेर निक्र्यौल गरी वितरण गर्छौ ।

८. यो अभियानकै रुपमा अगाडि बढ्छ कि ?

निश्चित रुपमा यो अभियानकै रुपमा जारी रहन्छ । स्वभाविक रुपमा हरेक वर्ष नयाँ श्रष्टा–सर्जकहरु आउनेक्रम चलिरहन्छ । उहाँहरुले पनि परिचय–पत्रको अपेक्षा राख्नु हुन्छ । त्यसैले विशेष अवसरसँगै ६ महिना, वर्ष दिनमा परिचय–पत्र वितरण कार्यक्रम हुनेछन् ।
साहित्य–संगीतको क्षेत्रमा तपाईको पनि लामो र महत्वपूर्ण योगदान छ । तपाई आफैले

हो, साहित्य–संगीत क्षेत्रबाट मैले पनि केहि योगदान पु¥याउने अवसर पाएको छु भनौं न । वास्तवमा मैले यो क्षेत्रमा शुरुवात साहित्य लेखनबाटै गरेको हुँ । गीत–संगीतमा बढी क्रियाशील बनें । यसैले संगीत विद्या मेरो भागमा पर्छ भन्ने लाग्छ ।

९. आफैलाई चाहीं कुन विद्या र वर्गको परिचय–पत्रका लागि योग्य ठान्नु हुन्छ ?
हो, साहित्य–संगीत क्षेत्रबाट मैले पनि केहि योगदान पु¥याउने अवसर पाएको छु भनौं न । वास्तवमा मैले यो क्षेत्रमा शुरुवात साहित्य लेखनबाटै गरेको हुँ । गीत–संगीतमा बढी क्रियाशील बनें । यसैले संगीत विद्या मेरो भागमा पर्छ भन्ने लाग्छ ।

१०. दशगजामा उभिएर पुस्तकपछि त लामो समय ‘ग्याप’ हुनु भो नि ? किन यस्तो भयो ?

हो, अलिकति ‘ग्याप’ नै भएको छ । २०७२ को भूकम्पले पनि केहि अवरोध पु¥यायो । फेरि प्रतिष्ठानको नियमित कामहरुलाई पनि समय दिनु प¥यो । हाम्रो आफ्नै भवन छैन, यसले काम गर्न पनि समस्याहरु छन् । सरकारले प्रतिष्ठानलाई उपलब्ध गराएको १५ रोपनी जग्गामा पनि केहि विवादको अवस्था छ । यसैले पनि पाठकसम्म पुग्ने कुरामा अलि ग्याप भएकै हो । तर, आउँदो २०७५ सालमा म नयाँ पुस्तक लिएर आउँदैछु । केहि प्रकाशकहरुले पुस्तक मागिरहनु भएको पनि छ । आउँदो नयाँ वर्षमा कथा र सँस्मरण संग्रह लिएर आउँदैछु । यसका साथै नेपालका केहि ख्यातीप्राप्त व्यक्तित्वहरुको जीवनसम्बन्धी पुस्तक पनि तयार गर्दैछु । मप्रति चासो राख्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्दै नयाँ पुस्तकसहित चाँडै तपाई पाठक समक्ष आउने कुरा जानकारी गराउँदछु ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७