क्वारेन्टिनबाट भागेका व्यक्ति मृत फेला


४ श्रावण २०७७, आईतवार
korona death

कैलाली, ४ साउन । कैलालीमा क्वारेन्टिनबाट भागेका एक जना व्यक्ति आज मृत फेला परेका छन् । यही साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

मृत फेला परेका आउजी आज बिहान मात्रै क्वारेन्टिनबाट भागेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७