चेल्सी एफए कपको फाइनलमा प्रवेश


५ श्रावण २०७७, सोमबार
113522500 giroud

काठमाडौं, ५ साउन । म्यान्चेस्टर युनाईटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गए राति भएको सेमिफाईनल खेलमा चेल्सीले म्यान्चेस्टर युनाईटेडलाई ३–१ ले पाखा लगायो । चेल्सीका लागि ओलिभर जिरु र मेसन माउन्टले एक एक गोल गरे ।

म्यानचेस्टर युनाइटेडका ह्यारी म्याग्वेरले एक आत्मघाती गोल गरेका थिए । ७४ औं मिनेटमा ३–० ले पछि परेको घरेलु टोली म्यान्चेस्टर युनाईटेडका लागि ब्रुनो फर्नान्डेजले एक सान्त्वना गोल फर्काए ।

चेल्सीले अब उपाधिका लागि आउँदो अगस्ट १ मा हुने फाईनल खेलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाईनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल फाईनलमा पुगेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७