बलात्कारका घटना बढेकोमा बाबुराम भट्टराईको चिन्ता


१६ माघ २०७४, मंगलवार
babu 1

काठमाण्डौं, १६ माघ : पछिल्लो समय देशकै सबैभन्दा सुरक्षित र सभ्य मानिसको बसोबास रहेको भनिएको माठमाण्डौंमा बढेका बलात्कारका घटनाप्रति नयाँ शक्ति पार्टी नेपालका संयोजका बाबुराम भट्टराईले पनि चिन्ता व्यक्त गरेका छन् ।babu 1

उनले अपराधबारे मौन बस्नु पनि अपराध भएकाले अपराध रोक्न सबै क्षेत्र लाग्नु पर्ने औंल्याएका छन् । पछिल्ला दिनमा राजधानी काठमाण्डौं र आसपासकै क्षेत्रमा लगातारजसो बलात्कारका खबर सार्वजनिक भएको र गम्भीर अपराधलाई प्रहरी र न्यायालयले उन्मुक्ति दिएका समाचार गम्भीर भएको उनले बताएका छन् ।

दरबारमार्गस्थित एक होटलमा युवतीमाथि भएको सामुहिक बलात्कारको घटना गुपचुप राखेर मिलापत्र गराएको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमारमार्गका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि झिकाएको विषयमा टिप्पणी गर्दै बाबुरामले यस्तो चिन्ता व्यक्त गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् बाबुरामले देशभर बलात्कार जस्तो अपराध बढ्दै जानु चिन्ताको विषयमा भएको उल्लेख गरेका छन् ।

‘केही समययता राजधानी काठमाण्डौं र आसपासमा नै जघन्य बलात्कारका अपराधलाई प्रहरी र न्यायालयले उन्मुक्ति दिएका घटना अत्यन्त गम्भीर भन्दै बाबुरामले ट्विटर गरेका छन्–‘देशैभर बलात्कारका घटनामा वृद्धि हुनु चिन्ताजनक छ । राज्यका अङ्गबाट उन्मुक्ति दिइनु झन् आपत्तिजनक छ । यसबरे मौन बस्नु पनि अपराध हो है ! बोलौं, अपराध रोकौंं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७