समानुपातिकमा कुन समुदाय कति प्रतिशत ?


२२ आश्विन २०७४, आईतवार
nirbachan aayoga
काठमाडौँ   : निर्वाचन आयोगले  समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतपत्रको ढाँचा टुंगो लगाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक मतपत्र एउटै प्रयोग गरिनेछ । समानुपातिक निर्वाचनको मतपत्रको ढाँचाअनुसार प्रतिनिधिसभाका लागि देशैभरि एकै प्रकृति र प्रदेश सभाका लागि प्रदेशअनुसार दलको सहभागिताका आधारमा मतपत्र फरक हुने आयोगले जनाएको छ ।nirbachan aayoga
एउटै पानामा बायाँतर्फ प्रतिनिधिसभामा भाग लिने दलको निर्वाचन चिह्न र दायाँतर्फ प्रदेश सभामा भाग लिने दलका निर्वाचन चिह्न हुनेछन् । आयोगका अनुसार प्रत्यक्ष निर्वाचनका लागि उपयोग गरिने मतपत्रको ढाँचा भने प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनपछि टुंगो लाग्नेछ ।

समानुपातिक निर्वाचनका लागि प्रयोग गरिने मतपत्र भने दसैँअघि नै छपाइ सुरु भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक र प्रत्यक्षका मतपत्र छाप्दा समय बढी लाग्ने भएकाले समानुपातिकतर्फको मतपत्र दसैँअघि नै छपाइ सुरु भएको हो ।

 मतदाता र मतदान केन्द्र थपिने
आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान केन्द्रको संख्या थपिने जनाएको छ । स्थानीय तहको निर्वाचनमा करिब १८ हजार मतदान केन्द्र थिए । त्यसमा १५ सयदेखि दुई हजार मतदान केन्द्र थप हुने प्रवक्ता ढकालको भनाइ छ । स्थानीय तहको निर्वाचनमा एक करोड ४१ लाख मतदाता थिए । त्यसमा करिब १४ लाख मतदाता थपिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करिब एक करोड ५५ लाख मतदाता हुनेछन् ।

 प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी 

प्रदेश निर्वाचन क्षेत्र : ३३०

प्रतिनिधिसभा निर्वाचन क्षेत्र : १६५

प्रदेश सभामा समानुपातिक सदस्य : २२०

प्रतिनिधिसभामा समानुपातिक सदस्य : ११०

प्रदेश सभामा प्रत्यक्ष सदस्य : ३३०

प्रतिनिधिसभामा प्रत्यक्ष सदस्य : १६५

जम्मा निर्वाचित प्रतिनिधि : ८२५

मतदाता : करिब एक करोड ५५ लाख

मतदान केन्द्र : करिब २० हजार

मतपत्र : करिब तीन करोड ४० लाख (प्रत्यक्ष र समानुपातिक)

खर्च : १० अर्ब रुपैयाँ

मतपत्र ढुवानीका लागि समय : करिब २० दिन

मतपत्र छाप्ने समय : करिब एक महिना

मतपत्रको प्रकार : दुई

दलित : १३.८ 

आदिवासी जनजाति : २८.७ 

खस–आर्य : ३१.२ 

मधेसी : १५.३ 

थारू : ६.६ 

मुस्लिम : ४.४ 

महिला : ५.० 

पिछडिएको क्षेत्र : ४.३

कुन प्रदेशमा कति दल प्रतिस्पर्धी ?  

प्रदेश नम्बर १ :                ८७

प्रदेश नम्बर २ :                ८६

प्रदेश नम्बर ३ :                ८६

प्रदेश नम्बर ४ :               ८२

प्रदेश नम्बर ५ :               ८४

प्रदेश नम्बर ६ :               ८२

प्रदेश नम्बर ७ :               ८३

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७