साउन ८ गतेबाट विद्यार्थी भर्ना खुलाउने निर्णय


६ श्रावण २०७७, मंगलवार
school student nepal

काठमाडौं, ६ साउन । सरकारले साउन पहिलो हप्तापछि विद्यार्थी भर्नाका लागि प्रारम्भिक तयारीको प्रक्रिया सुरु निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाइएको छ ।

त्यसका लागि साउन ८ गतेबाट १५ गतेसम्म सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय पुग्नु पर्नेछ । तर कतिपय विद्यालयहरुमा क्वारिन्टन समेत भएको हुँदा त्यसका लागि व्यवस्थापनको तयारी गर्ने निर्णय समेत बैठकले गरेको जनाइएको छ ।

बैठकले भदौ १ गतेदेखि हवाई उडान समेत खोल्ने निर्णय गरेको छ भने एक जिल्लाबाट अर्को जिल्लामा छोटो दूरीका बस चलाउन दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७