रोनाल्डोको दुई गोलले युभेन्टसलाई पुर्‍यायो उपाधि नजिक


६ श्रावण २०७७, मंगलवार
juventus QThq9Oz2ct

काठमाडौं, ६ साउन । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्टसले लाजियोलाई २–१ ले हराएको छ । जितसँगै युभेन्टस उपाधिको होडमा एक कदम नजिक पुगेको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । उनले एक गोल पेनाल्टीबाट गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औ मिनेटमा युभेन्टसले पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५४ औँ मिनेटमा फेरि रोनाल्डोले पाउलो डिबालाको पासमा गोल गर्दै टिमलाई २–० ले अगाडि राखे ।

८३ औं मिनेटमा इमोबेलीले पेनाल्टीमार्फत गोल गर्दै टिमको अन्तर कम गरेका थिए । तर त्यसपछि दुवै टिमबाट थप अवसर भए पनि गोल हुन सकेन र युभेन्टसले जित निकाल्यो ।
यो जितसँगै युभेन्टसले ३४ खेलमा ८० अंक बनाएको छ । उसले दोस्रो स्थानको इन्टर भन्दा ८ अंकको अग्रता लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७