फुटबलको प्रतिष्ठित अवार्ड ‘बालोन डि’ओर’ यो वर्ष प्रदान नगरिने


६ श्रावण २०७७, मंगलवार
messi balon d or hlw8Non9jL

काठमाडौं, ६ साउन । फुटवल क्षेत्रको प्रतिष्ठित अवार्ड बालोन डी’ओर यो वर्ष प्रदान नगरिने भएको छ ।

फ्रेञ्च फुटबलले सोमबार कोरोना भाइरसको महामारीलाई मध्येनजर गर्दै यस वर्षको अवार्ड स्थगित गरिएको जनाएको छ । कोरोनाबाट प्रभावित हुने राष्ट्रमा फ्रान्स पनि एक हो । कोरोनाकै कारण फ्रेञ्च लिग रद्ध भएको थियो ।

सन् १९५६ पछि पहिलो पटक २०२० मा यस वर्ष बालोन डी’ओर प्रदान नगरिने भएको हो । अवार्डको ६४ वर्षे इतिहासमा पहिलोपटक कुनै पनि खेलाडीलाई अवार्ड प्रदान गरिने छैन ।
यो अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सबैभन्दा बढी ६ पटक जितेका छन् । यस्तै रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७