गण्डकी प्रदेशमा थप नौं जनामा कोरोना, संक्रमितको संख्या १,३२९ पुग्यो


६ श्रावण २०७७, मंगलवार
korona 1

पोखरा, ६ साउन । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप नौं जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

म्याग्दी, बागलुङ र स्याङ्जामा ३–३ जना संक्रमित थपिएका हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २ जना र बेनी नगरपालिकामा एक जना संक्रमित भेटिएका छन् ।

बागलुङको ताराखोला गाउँपालिकामा ३ जना । स्याङ्जाको फेदीखोला गाउँपालिकामा ३ जना संक्रमित भेटिएका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,३२९ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७