आठपल्ट स्थगित नेकपा स्थायी कमिटी वैठक एकछिन बसेर १३ गतेसम्मका लागि स्थगित

बाढीपीडितको उद्धार र राहतमा खटिने


६ श्रावण २०७७, मंगलवार
Nekapa 5

काठमाडौं, ६ साउन । पार्टीभित्रको चरम विवादका कारण आठपल्टसम्म स्थगित गरेर आज (मंगलबार) बल्ल बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी वैठक एकछिन बसेर स्थगित गरिएको छ ।

नेकपा स्थायी कमिटीको बैठक केहीबेर मात्रै बसेर भर्खरै स्थगित भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर मात्रै बसेको बैठक अन्य विषयमा प्रवेश नगरी बाढी पीडित नागरिकलाई राहत प्रदान गर्न सरकारलाई निर्देशन दिने निर्णय गर्दै सकिएको एक नेताले जानकारी दिएका छन् । अर्को बैठक साउन १३ गते मात्रै बस्ने छ ।

यसअघि जारी स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक लगातार स्थगित गरिंदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७