१ हजार मूल्यको २० लाख थान नबिल डिबेन्चर २०८२ स्टक एक्सचेन्जमा सूचीकरण


६ श्रावण २०७७, मंगलवार
IMG 20200721 WA0001 qu6Z3Bo6HJ

काठमाडौं, साउन ६ ।  नेपाल स्टक एक्सचेन्ज र नबिल बैंक लिमिटेड बीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको २०,००,००० थान १०% नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।


कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत् २०,००,००० थान १०% नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २०,००,००० थान ऋणपत्र वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।


ऋणपत्र सूचीकरण सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७