म्यान्चेस्टर सिटीद्वारा वाट्फोर्ड पराजित, एस्टन भिल्लालाई राहत


७ श्रावण २०७७, बुधबार
31033528 8544623 Nketiah s header hit the post spin up and nearly go over the lin a 19 1595377191820

काठमाडौं, ७ साउन । इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वाट्फोर्डलाई हराउँदा आर्सनल एस्टन भिल्लसँग पराजित भएको छ ।

गए राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ४–० ले पराजित गर्‍यो । वाट्फोर्डको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे ।

यस्तै फिल फोडेन र आयमेरिक लापोर्टेले एक एक गोल गरे । जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलबाट ७८ अंक जोडेको छ । उसले उपाधि विजेता लिभरपुलसँगको अंक दूरी समेत घटाएको छ । लिगमा एक खेल बाँकी छँदा लिभरपुल सिटीभन्दा १५ अंकले अगाडि छ ।

३४ अंक जोडेको वाट्फोर्ड भने १८ औं स्थानमा छ । रेलिगेनशबाट जोगिन उसले लिगको अन्तिम खेलमा आर्सनललाई हराउनुपर्ने हुन्छ । गए राति भएको खेलमा आर्सनललाई १–० ले हराएको एस्टन भिल्लाले भने रेलिगेशनबाट जोगिने संभावना बलियो पारेको छ ।

३७ खेलबाट ३४ अंक जोडेको भिल्ला तालिकाको १७ औं स्थानमा उक्लिएको हो । भिल्लाने लिगको अन्तिम खेलमा वेष्ट ह्याम युनाईटेडसँग खेल्ने छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७