सोभित बस्नेत आफूबिरुद्ध कड्किएपछि साम्राज्ञीले फर्काइन् यस्तो जवाफ


७ श्रावण २०७७, बुधबार
sobhit samragyee scaled

काठमाडौं, ७ साउन । नेपाली सिने नगरी यतिबेला विवाद र आलोचनाको भुमरीमा फसेको छ । एकपछि अर्का कलाकार विवादमा तानिंदा अब सिने नगरीको बाटो कता भन्ने प्रश्न खडा हुन थालेको छ ।

केहि सातादेखि चर्किएको र पछिल्लो समय साम्य हुँदै गएको साम्राज्ञी–भुवन काण्ड फेरि चर्चामा आउने देखिएको छ । विभिन्न अन्तर्बार्तामा यस बिषयमा अभिव्यक्ति दिंदै गरेका कलाकार सोभित बस्नेतको कुरालाई लिएर साम्राज्ञी फेरि बोलेकी छन् । सोभितले एक अन्तरर्बार्तामा साम्राज्ञीलाई गलत भन्दै भुवनको पक्षमा अभिव्यक्ति दिएका थिए ।

यद्दपि उनले यसअघिदेखि नै भुवनको समर्थनमा बोल्दै आएका थिए । सोहि अन्तर्बार्ता हेरेपछि साम्राज्ञीले सोभितलाई जवाफ फर्काएकी छन् । तर उनले फर्काएको जवाफ भने भुवन केसीसँग चलेको काण्डमा भने होइन ।

शोभितले केहि दिनअघि युट्युबमा सार्बजनिक एक अन्तर्बार्तामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको उक्त विवादको बारेमा बोल्दै भनेका थिए, ‘वीरगञ्जमा रिक्सा चढेर हिंड्ने मान्छे अहिले भुवन केसीकै कारणले गर्दा कार चढेर हिंड्ने भएकी छिन् ।

भूवनकै कारणले ‘ड्रिम्स’ बाट स्टार भएको मान्छेले अहिले उनैलाई आरोप लगाउन मिल्छ ?’ उनको यहि अभिव्यक्तिको साम्राज्ञीले जवाफ फर्काएकी हुन् । साम्राज्ञीले जवाफ फर्काउदा सोभितको नाम त तोकेकी छैनन् तर, जवाफ सोभितकै लागि हो भन्ने प्रष्टै बुझ्न सकिन्छ ।

उनले जवाफ दिंदै भनेकी छिन्, ‘एक जना मानिसले मैले वीरगञ्जमा रिक्सा चढेर हिंड्थ्यो भन्नु भएछ । म उहाँलाई त व्यक्तिगत रुपमा चिन्दिनँ । तर, उहाँको छोरा मेरो राम्रो साथी हो । हो, म वीरगञ्जमा रहँदा रिक्सा चढ्थें ।

यसपछि, म दिल्लीमा बसेर पढें । अहिले काठमाडौमा छु । ठूला–ठूला कार चढौं कि के गरौं त्यो मेरा कुरा हो । रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र ?’ उनले ‘कस्तो सस्तो सोचाई’ भन्दै अगाडि भनेकी छिन्, ‘मेरो साथी निकै राम्रो मान्छे हुन् ।

तर, उनको पिताको कस्तो सस्तो मानसिकता हो ?’ उनले आक्रोशित हुँदै भनिन्, ‘म रिक्सा चढौं कि, टेम्पु चढौं कि, कार चढौं कि ? यसले मलाई सानो र ठूलो बनाउँछ त ? कस्ता कस्ता मानिसहरु मेरो विरुद्धमा बोलिरहेका छन् ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७