मुख र पेटको क्यान्सरको खतरा, दाँतको रोग हुँदा ५२ प्रतिशत सम्म क्यान्सरको आशंका


७ श्रावण २०७७, बुधबार
brush

काठमाडौं,७ साउन । मुख र पेटको क्यान्सरबाट बच्न चाहनुहुन्छ भने दैनिक ब्रस गर्नुहोस् । दाँत सम्बन्धि रोगसँग जुधिरहनुभएको छ भने क्यान्सर हुने खतरा ५२ प्रतिशतसम्म रहन्छ । यो दाबी हार्वर्ड टीएल चेन स्कूल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताले गरेका हुन् । यो नतिजा २० वर्षसम्म चलेको अअनुसन्धानपछि आएको हो ।


पुरुषको तुलनामा महिलामा क्यान्सरको सम्भावना दोब्बरः

अनुसन्धानकर्ताका अनुसार जो व्यक्तिमा दाँग सम्बन्धि रोगको हिस्ट्री छ भने उनीहरुमा इसोफेगल र ग्यास्ट्रिक क्यान्सर हुने खतरा ५२ प्रतिशत बढी रहन्छ । अनुसन्धानको नतिजाले बताए अनुसार जसको दाँत झरिसकेको छ, उनीहरु अत्यधिक खतरामा हुन्छन् । अनुसन्धानकर्ताका अनुसार पछिल्लो दुई दशकमा ९८,४५९ महिला र ४९,६८५ जनामा इसोफेगल र ग्यास्ट्रिक क्यान्सर देखिएको छ ।


२८ वर्षसम्म क्यान्सर र मुखको समस्यामाथि निगरानी राखियोः

अनुसन्धानकर्ताले २२ देखि २८ वर्षसम्म इसोफेगल क्यान्सरका १९९ र ग्यास्ट्रिक क्यान्सरका २३८ बिरामीमाथि निगरानी राखे । रिपोर्टमा सार्वजनिक भए अनुसार दाँतको रोग हुँदा ४३ प्रतिशत इसोफेगल क्यान्सर र ५२ प्रतिशत ग्यास्ट्रिक क्यान्सरको खतरा रहन्छ । अनुसन्धानकर्ताको दाबी अनुसार जसले एउटा वा दुईवटा दाँत गुमाएका थिए, उनीहरुमा इसोफेगल क्यान्सरको खतरा ४२ प्रतिशत र ग्यास्ट्रिक क्यान्सरको खतरा ३३ प्रतिशतसम्म थियो ।

कारण– ब्याक्टेरिया, मुखको स्वास्थ्य र दाँतको रोगः

अनुसन्धानकर्ताका अनुसार यसको कारण मुखमा पाइने टेनेरेला फसेथिया र पारफायरोमोनाज जिन्जिवेलिस ब्याक्टेरिया हुनसक्छ । अन्य कारण दाँत राम्रोसँग सफा नहुनु वा दाँतको रोग हो । अमेरिकी अनुसन्धानकर्ताले गत वर्ष एक अनुसन्धानमा दाँतको समस्या हुँदा भविष्यमा अल्जाइमरको खतरा बढ्न सक्ने दाबी गरेका थिए ।

दाँतबाट रगत बग्न जिम्मेवार ब्याक्टेरियामाथि अनुसन्धानः

अमेरिकी कम्पनी कोरटेक्सायले आफ्नो अनुसन्धानमा यस्तो ब्याक्टेरियाको अनुसन्धान गरेको थियो जो दाँतमा रक्तश्रावको कारण बन्नेगर्छ । यो मुख हुँदा दिमागसम्म पुग्न सक्छ । यो ब्याक्टेरिया अल्जाइमरका ५३ मध्ये ५१ बिरामीको दिमागमा पाइएको थियो ।स्रोतः दैनिक भास्कर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७