अभिनेता राजेश हमालका एक मात्र भाइ राकेशको निधन


७ श्रावण २०७७, बुधबार
rajesh hamal ka vai rakesh

काठमाडौं, ७ साउन । अभिनेता राजेश हमाल पारिवारिक शोकमा परेका छन् । उनका एक मात्र भाइ राकेश हमालको निधन भएको छ ।

कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर नयाँदिल्ली पुर्‍याइएका राकेशको उपचारकै क्रममा निधन भएको हो ।

राकेशको नयाँदिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममै निधन हमालको पारिवारिक स्रोतले जानकारी दिएको छ । राकेशका श्रीमती र दुई छोराछोरी छन् । राजेशका दम्पती र राकेशको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएको जनाइएको छ । उनीहरुका तीन दिदीबहिनी छन् ।

अन्य क्षेत्रमा रहेका राकेश र राजेश हमालबीच करिब डेढ वर्षको उमेर अन्तर रहेको जनाइएको छ । काठमाडौंमै रहेका अभिनेता राजेश हमाल भाइको शव दिल्लीबाट नेपाल ल्याउने काममा लागिरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७