एनसेलको ‘नयाँ सजिलो सिम’मा सुविधै सुविधा


७ श्रावण २०७७, बुधबार
ncl scaled

काठमाडौं, साउन ७ । एनसेलले आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ। यो सिमलिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक सय रूपैयाँको मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन्।

यो सिमको मूल्या कर सहितमात्र ९९ सय रूपैयाँ तोकिएको छ। यो योजनाअन्तर्गत ग्राहकले सिमलिँदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्ष सम्म रिचार्ज गर्दा बोनस डेटा पाउँने कम्पनीले बताएको छ।

त्यस्तै, २० रूपैयाँ मेनब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउँछन्। यो सात दिनको लागि मान्य हुनेछ।


कम्पनीकाअनुसार ग्राहकले सिमलिएको दिनको भोलि पल्ट मध्यरात सम्ममा १०० वा सोभन्दा बढीको पहिलो रिचार्ज गर्दा ५०० एमबी डेटा ९२५० एमबीअल टाइम अल नेटवर्क र २५० एमबीफोरजी डेटा० बोनस स्वरुप पाउँनेछन्। यो डेटाको समयावधि ५ दिन रहेको छ।

यसका साथै, ग्राहकले प्रत्येक एक सय रूपैयाँ मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्ष सम्म २०० एमबी डेटा ९९१०० एमबीअल टाइम अल नेटवर्क र १०० एमबीफोरजी डेटा० बोनस पाउँने कम्पनीले बताएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७