ग्लोबल आइएमईको कर्जा योजनाः घर, गाडी र शेयरको धितो कर्जामा आकर्षक व्याजदर, तीन दिनमै पाइने


७ श्रावण २०७७, बुधबार
globalime Bank

काठमाडौं, साउन ७ । ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुक ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।


ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५%व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् र यस कर्जाको व्याजदर १ वर्षसम्म स्थिर रहनेछ । यसैगरी बैंकले ८.९९% मा गाडी कर्जा र ९.४९% मा शेयरको धितोमा कर्जा प्रवाह गर्नेछ ।


यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट÷क्रेडिट कार्ड जारी शुल्कमा ५०५५छुट र लकर सुविधामा ५०% छुट प्रदान गरिनेछ । बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जाहरु प्रवाह गर्न लागेको हो ।


कर्जा लिन चाहनेहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुलाई बैंकले अनुरोध गरेको छ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७