कोरोना संक्रमितको मृत्युपछि राजविराजमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु


८ श्रावण २०७७, बिहीबार
xrajbiraj2020 07 22 08 41 33.jpeg.pagespeed.ic .O4jko6qZmZ

सप्तरी, ८ साउन । सप्तरी जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै आज (बिहीबार) बिहान ५ बजेदेखि राजविराजमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिअनुसार जिल्लामा ४०४ जनाका कोरोना संक्रमण भइसकेको र तीमध्ये राजविराजमा एक जनाको मृत्यु भएकाले यस नगरिपालिकामा अर्काे आदेश नहुँदासम्मका लागि अत्यावश्यक सेवा बाहेक अन्य सबै गतिविधि निषेध गरिएको उल्लेख गरिएको छ ।

बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

अति आवश्यक बाहेकका सबै सेवा बन्द गर्न र अन्य सेवा र स्थलहरु अनावश्यक आवत जावत, हिंडडुल गर्न नदिने गरी निषेधाज्ञा लगाइएको छ ।

निषेधाज्ञा आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताएका छन् ।

कोरोना संक्रमण भएर राजविराजमा गत बिहीबार एक वृद्वको मृत्यु भएको थियो । बुधबार मृतक वृद्धका परिवारका पाँच जना सदस्य, एक स्वास्थ्यकर्मीसहित १३ जनामा संक्रमण पुष्टि भएको छ ।

राजविराजमा कोरोना संक्रमित भेटिन थालेपछि राजविराज नगरपालिकाले बुधबारदेखि नै लकडाउनमा कडाइ गर्ने निर्णय गरिसकेको छ ।
हेर्नुस् विज्ञप्ती

rrrrr

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७