प्रिमियर लिग : लिभरपुलले चेल्सीलाई हरायो


८ श्रावण २०७७, बिहीबार
liverpool Etag0Upagd

काठमाडौं, ८ साउन । इङलिस प्रिमियर लिग च्याम्पियन बनेको लिभरपुलले चेल्सीमाथि जीत दर्ता गरेको छ ।

घरेलु मैदान एनफिल्डमा गए राति भएको लिगको अन्तिम खेलमा लिभरपुलले चेल्सीलाई ५–३ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा ३ गोल गरेको लिभरपुलले एक गोल खाएको थियो ।

२३ औं मिनेटमा नाबी केईटाले लिभरपुललाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले लिभरपुलको अग्रता दोब्बर पारे । लगातार आक्रामक खेल खेलेको लिभरपुलले ४३ औं मिनेटमा तेस्रो गोल गरेको थियो । जर्जिनियो विजनाल्डमले गोल गरेपछि घरेलुटोली ३–० ले अघि बढ्यो ।

पहिलो हाफको अतिरिक्त समयमा चेल्सीका ओलिभर जिरुले गोल गर्दै अन्तर ३–१ मा ल्याएका थिए । दोस्रो हाफमा लिभरपुलले २ गोल थप्दा १ गोल खाएको थियो । रोबर्टो फिर्मिन्होले ५५ औं मिनेटमा गोल गरेपछि लिभरपुल ४–१ ले अघि बढ्यो ।

तर, ६१ औं मिनेटमा टमी अब्राहमले गोल गरेपछि चेल्सीले अन्तर ४–२ मा ल्याएको थियो । ७३ औं मिनेटमा चेल्सीकै लागि क्रिस्टियन पुलिसिकले लागि गोल अन्तर ४–३ मा ल्याएका थिए ।

८४ औं मिनेटमा एलेक्स आक्सलेड चेम्बरलेनले गोल गरेपछि लिभरपुल ५–३ गोल अन्तरले विजयी भयो । च्याम्पियन लिभरपुलले ९६ अङ्क बनाएको छ । पराजित भएको चेल्सी भने ६३ अङ्कका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७