राजेश पायल राई र कला राईको स्वरमा संकटमा रहेको पूर्वेली गोठाले गीत


८ श्रावण २०७७, बिहीबार
Bharat Kulung

काठमाडौं, ८ साउन । पूर्वी पहाडमा प्रचलित लोकभाका मध्येको एक हो, गोठाले गीत । पूर्वेली गोठाले गीत पूर्वी पहाडको गाउँबस्तीमा निकै लोकप्रिय छ । तर यो गीत पुरानो पुस्तासँगै क्रमस लोप हुने अवस्थामा पुगेको छ ।यही संकटमा रहेको पूर्वेली गोठाले गीतको संरक्षणमा जुटेका छन्, साहित्यकार भरत कुलुङ ।

लोकर्वार्ता र लोकपरम्पराको संरक्षणमा जुटिरहेका कुलुङले शब्द संकलन गरेको पूर्वेली गोठाले गीत ‘एनी लै लै’ रेकर्ड भएको छ । स्टुडियो किङ्गले बजारमा ल्याएको यो गीत पूर्वेली लोकभाको एउटा सम्पति भएको जानकारहरुको भनाई छ ।

यी सम्पतिको रुपमा रहेको लोकभाका चर्चित गायक राजेश पायल राई र कला राईको स्वरमा यो गीत बजारमा आएको छ । गायक तथा संगीतकार मनोज साङसोन राईले ऐरेन्ज रहेको यो गीत लय संकलन भने रमङ्ग लामा भोटेले गरेका छन् । लोकभाकाको संरक्षण र प्रबद्र्धनमा जुटिरहेका गायक तथा संगीतकार साङसोन र लोकर्वार्ता र लोकलयको संरक्षणमा उसैगरी लागिरहेका गीतकार तथा साहित्यकार कुलुङको यो प्रयासलाई सबैले प्रशंसा गरेका छन् । सुन्नुहोस् गीत

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७