गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण


८ श्रावण २०७७, बिहीबार
korona 1

पोखरा, ८ साउन । गण्डकी प्रदेशमा आज (बिहीबार) थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३५० पुगेको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार क्षयरोग उपचार केन्द्रमा पर्वतका एक महिला र एक पुरुष, स्याङ्जाका एक पुरुष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका २ पुरुषमा संक्रमण देखिएको हो ।

हालसम्म गण्डकी प्रदेशका पुष्टि भएका एक हजार ३५० मध्ये एक हजार ९१ जना व्यक्ति संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७