रञ्जन कोइरालाई सर्वोच्चले दिएको सजाय छुटको फैसलाविरुद्ध सरकारी वकिल पुनरावेदनमा जाने


८ श्रावण २०७७, बिहीबार
sarbo

काठमाडाैं, ८ साउन । श्रीमतीको हत्या अभियोगमा आठ वर्ष जेल सजाय काटेर आज (बिहीबार) रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावेदनमा जाने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसला पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिने निर्णय गरेको हो । बिहीबार महान्यायाधिवक्ता कार्यालयले रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको हो ।

आज (बिहीबार) नै महान्यायाधिवक्ता कार्यालयले रञ्जन कोइराला थुनामुक्त प्रकरणमा पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालय स्रोतले जानकारी दिएको छ । श्रीमतीको हत्या अभियोगमा अदालतले सुनाएको सजाय काटिरहेका कोइराला साढे ११ वर्ष कैद छुट पाएर आज (बिहीबार) जेलमुक्त भएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइराला साढे ८ वर्ष मात्रै जेल बस्दा हुने भन्दै सजाय घटाई दिएका थिए । कोइराला पदमा हुँदा नै श्रीमती गीता ढकालको हत्या गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले उनलाई पत्नी हत्याको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालत पाटनले पनि २०७२ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७