सञ्चालनमा आए लकडाउनका कारण बन्द भएका सार्वजनिक सवारी {भिडियाे}


८ श्रावण २०७७, बिहीबार
sarbajanik yatayat

काठमाडौं, ८ साउन । सरकारसँग सहमतिसँगै लकडाउनका कारण बन्द भएका सार्वजनिक सवारी बिहीबारदेखि सञ्चालनमा आएका छन् ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सोमबार भएको छलफलपछि व्यवसायी गाडी चलाउन तयार भएका थिए । जसअनुसार स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै गाडी चलाइएको यातायात व्यवसायी र मजदुर संगठनहरुले जनाएका छन् ।

यसअघि केहि कम्पनीले सार्वजनिक गाडी सञ्चालन गरेपनि यातायात व्यवसायी महासंघ अन्तर्गतका कम्पनीहरुले भने सवारी चलाएका थिएनन् । सावर्जनिक सवारी चल्दा सडकमा चाप बढेको छ ।

सरकारले असार २६ बाट जिल्लाभित्र सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनसार एकजिल्लाबाट अर्को जिल्लामा जान पाउनेगरी सवारी चलेका छन् ।

लामो दूरीको सवारी साधान भने भदौ १ गतेबाट सञ्चानमा आउनेछन् ।

हेर्नुहाेस् भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७