यी व्यक्तिका कारण गरेकी थिइन् जिया खानले आत्महत्या, यस्तो छ खुलासा


१७ माघ २०७४, बुधबार
जिया खान आत्महत्यामा नयाँ विषयको खुलासाः यी व्यक्तिका कारण गरेकी थिइन् आत्महत्या3928

 

मुम्बई: २०१३ को समाचारले आज पनि आँखा अगाडि बलिउड अभिनेत्री जिया खानको आत्महत्यालाई नचाइ दिन्छ। आत्महत्या गर्दा जिया गर्भवती थिइन्। आत्महत्या गर्नुपूर्व उनले सुसाइड नोट पनि लेखेकी थिइन्। जिया खानको मृत्युपछि मुम्बई प्रहरीलले आत्महत्याका विषयमा उजुरी दर्ता गरेको थियो।जिया खान आत्महत्यामा नयाँ विषयको खुलासाः यी व्यक्तिका कारण गरेकी थिइन् आत्महत्या3928

तर जियाकी आमाले सो विषयलाई परिवर्तन गर्दै सुरज पंचोलीका छोराले जियालाई आत्महत्या गर्न उक्साएको बताएकी थिइन्। त्यसपछि उनी मुम्बई उच्च अदालतमा गइन र मुद्दा दर्ता गरिन्। जुन विषयमा फेरि सीबीआईलाई जाँच गराउने आदेश दिइयो।

भारतीय संचारमाध्यमका अनुसार सुरज पंचोलीमाथि मुम्बईको एक अदालतले जिया खानलाई आत्महत्या गर्न उक्साएको अभियोग पत्र तयार पारिएको छ। चर्चित अभिनेता आदित्य पंचोलीका छोरा सुरज पंचोलीमाथि संविधानको धारा ३०६ अनुसार अभियोग पत्र तयार पारिएको हो। यो विषयमा सुरज पंचोलीले आफू निर्दोश भएको बताएका छन्। सुरज पंचोलीका वकिल प्रशान्त पाटिलका अनुसार सुरजले सो विषयमा आफूलाई निर्दोश बताएका छन्। आगामी १४ फेब्रुअरीमा अदालतले प्रमाणको परीक्षण गर्ने भएको छ।

जिया खानले ३ जुन २०१३ मा आत्महत्या गरेकी थिइन्। उनले घाँटीमा पासो लगाएर आत्महत्या गरेकी थिइन्। आत्महत्या गर्नु दुई दिन पहिला उनी सुरज पंचोलीको घरमा बसेकी थिइन्। आत्महत्या गर्ने दिन विहान उनी आफ्नो घर आएकी थिइन्।

सो विषयमा सीबीआईले भनेको छ, ‘कलाकार सुरज पंचोलीले सोधपुछका क्रममा सत्य तथ्य कुरा लुकाएका छन्। र आफ्नो ढंगले केही कुरा मात्र बताएका छन्।’ सुरजलाई पोलीग्राफी परीक्षण गर्न भन्दा उनले अस्विकार गरेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७