गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण


९ श्रावण २०७७, शुक्रबार
korona 1

पोखरा, ९ साउन । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १० नयाँ कोरोना भायरस संक्रमित थपिएका छन् ।

प्रदेशका चार जिल्लामा १० नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार कास्की, लमजुङ, बागलुङ र तनहुँका १० जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकामा एक जना पुरुष र एक जना महिला छन् । यसैगरी, पोखरा महानगरपालिकामा ३ पुरुष रहेका छन् ।

लमजुङको क्होलासोथर, मध्यनेपाल र बेंसीशहरमा एक, एक गरि ३ जना संक्रमित थपिएका छन् । बागलुङको तमानखोला र तनहुँको शुक्लागण्डकीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७