दरबारमार्ग बलात्कार प्रकरण : डीएसपीलाई जोगाउन चलखेल


१७ माघ २०७४, बुधबार
dsp tilak bharati and ispector laxman thakuriddd

काठमाडौं, १७ माघ :  दरबारमार्गको ल्याण्डमार्क होटलको गत बिहीबारको बलात्कार काण्डका आरोपीलाई उन्मुक्ति दिलाउने कार्यमा प्रहरी निरीक्षक लक्ष्मण ठकुरीलाई मात्र कारबाही गरी कार्यालय प्रमुखलाई जोगाउने चलखेल भइरहेको छ ।

dsp tilak bharati and ispector laxman thakuriddd

एक युवतीलाई चार जना मिलेर बलात्कार गरेको उजुरीपछि सुरुमा कमलपोखरी बत्तमा पुगेकी पीडितलाई दरबार्गको क्षेत्र भएकाले त्यतै पठाइएको थियो । तर महानगरीय प्रहरी बृत्त दरबारमार्गका डीएसपी तिलक भारती र इन्स्पेक्टर लक्ष्मण ठकुरीले पीडित युवतीलाई ३० लाख रुपैयाँ दिने गरी मिलापत्र गराएर आरोपितहरुलाई उन्मुक्ति दिए । जुन कुरा मिडियामा आएपछि काठमाडौं प्रहरी परिसरका प्रमुख रविन्द्रसिंह धानुकले एसपी रामदत्त जोशीको संयोजकत्वमा छानबिन समिति बनाइसकेका छन् । छानबिन समितिले काम सुरु गरिसकेको छ । तर इन्स्पेक्टर ठकुरीलाई मात्र दोषको भागिदार बनाएर डीएसपी तिलक भारतीलाई जोगाउन आइजीपी प्रकाश अर्यालमाथि पनि दबाब परेको छ ।

भारती माओवादी नेता कृष्णबहादुर महराका नातेदार भएकाले उनलाई जोगाउन दबाब परेको हो । डीएसपी भारती प्रहरीमा सधैं आकर्षक कार्यालय पाउने भाग्यमानीभित्र पर्दछन् । उनी पछिल्लो पटक महरा नातेदार भएकै कारण सोह्रखुट्टे, सातदोबाटो र अहिले दरबारमार्ग बृत्तमा सरुवा भएका हुन् ।

जनार्दन शर्मा गृहमन्त्री भएको बेलामा उनले रसुवाको प्रहरी प्रमुख हुन निकै जोडबल गरेका थिए । उनको नाम रसुवामै राखिएको थियो । तर माओवादी अध्यक्ष पुष्पकमल दाहालका प्रधानमन्त्री हुँदा र नहुँदा पनि पीएसओ बसेका कारण अन्तिममा डीएसपी शरद थापा क्षेत्री रसुवामा सरुवा भएका थिए ।

ओम राना, फणिन्द्र प्रसाईहरुले रक्तचन्दनदेखि सुन ओसारपसार गर्ने तस्करहरुसँग सेटिङ गरी अकूत सम्पत्ति आर्जन गरेकाले भारतीले रसुवा ताकेका थिए । तर महरा र प्रचण्डको पावर जुध्दा उनी अन्तिममा दरबारमार्ग बृत्तमा सरुवा भएका थिए । उनी जुन कार्यालयमा सरुवा भए पनि कमाउधन्दा गर्नतिरै बढी केन्द्रित हुने गरेका छन् ।

दरबारमार्गको बलात्कार काण्ड मिलापत्रमा पनि ठूलै रकम घुस खाएर उनकै योजनामा आरोपीहरुलाई उन्मुक्ति दिइएको भए पनि इन्स्पेक्टर ठकुरीलाई मात्र दोषी देखाएर भारतीलाई जोगाउने खेल भइरहेको प्रहरी स्रोतले बताएको छ । कुनै पनि कार्यालयमा भएका घटनाको जिम्मेवार कार्यालय प्रमुख हुन्छ । त्यसमा पनि चेनअफ कमाण्डमा चल्ने प्रहरीभित्र त झन् कार्यालय प्रमुखको इशारा विना केही पनि हुन सक्दैन् । प्रहरी वृत्तभित्रै कागज गराएर बलात्कारजस्तो जघन्य अपराध गर्नेलाई उन्मुक्ति दिने कार्यालय प्रमुख भन्दा इन्स्पेक्टरको बढी दोष देखाउन खोजिएको छ । डीएसपीकै योजनामा बलात्कारीलाई उन्मुक्ति दिने काम भए पनि उनलाई जोगाउनका लागि सबै दोष इन्स्पेक्टर ठकुरीमाथि मात्र लगाउने काम भइरहेको छ ।

लक्ष्मण ठकुरी पनि पटक पटक प्रहरी नीति विरुद्ध आर्थिक अनियमिततामा मुछिएका अधिकृत हुन् । उनी यसअघि बीरगंंजमा पनि आर्थिक अनियमिततामा परेका थिए । तर तत्कालीन आइजीपी ओमविक्रम राणाले उनलाई जोगाएका थिए । कारबाही गर्नैृपर्ने काण्डमा मुछिएका भए पनि उनी जाुेगाइएका थिए । राणाका नातेदार भएकैले उनी जोगिएका थिए । यसअघि दरबारमार्गकै केही रेष्टुरेन्ट र डेजाबु डिस्को कुटपिट प्रकरणमा पनि उनी मुछिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७