‘सिमा रक्षक’ देवनारायण यादव रिहा


२२ आश्विन २०७४, आईतवार
Dev Naryan Yadav

काठमाडौं : एक सातादेखि भारतीय जेलमा रहेका सप्तरीको दशगजा क्षेत्रमा भारतीय अतिक्रमण र हस्तक्षेप विरुद्ध लड्दै आएका देवनारायण यादवलाई रिहा भएका छन् । बुहारी ज्योतिकुमारीले दिएको बयानका आधारमा भारत बिहारको वीरपुरस्थित अनुमण्डलीय व्यवहार न्यायालयले यादव बाबु–छोरालाई साधारण तारेखमा रिहा गर्न शनिबार आदेश दिएको हो ।

Dev Naryan Yadav

चार दिनदेखि भारतीय न्यायालयमा जारी रहेको बहसलाई शनिबार सहायक न्यायिक अधिकारी अभिषेक रञ्जनको एकल इजलासले टुंग्याउँदै दुवैलाई रिहा गर्न आदेश जारी गरेको हो । अपहृत भनिएकी भारत कुनौलीकी ज्योतिकुमारीले आफ्नो अपहरण नभएको र यादवका छोरा अजयसँग राजीखुसी प्रेम विवाह गरी उनकै घर (तिलाठी) मा बस्दै आएको बयान दिएकी थिइन् । त्यसपछि यादव बाबु–छोरालाई रिहा गर्न आदेश दिएको हो ।

१४ असोज राति सीमावर्ती भारतीय बजार कुनौलीमा भइरहेको नाचगान हेर्न पुगेका देवनारायणका छोरा अजयसहित तीनजना नेपाली युवालाई प्रहरीले पक्राउ ग¥यो । पक्राउ परेका तीनमध्ये दुईजनालाई भारतको कुनौली थानाका अधिकारीले १५ असोजमै रिहा ग¥यो । तर, यादवका छोरा अजयमाथि अपहरणसम्बन्धी मुद्दा रहेको भन्दै रिहा गरिएन । छोरालाई रिहा नगरेपछि १५ असोजमा कुनौली थाना पुगेका यादवलाई प्रहरीले छोरा पक्राउ पर्नुको कारण बताउनुको साटो पक्राउ गरेर जेल चलान गरेका थियो ।

उनलाई पक्राउ गर्नको कारण तीलाठी प्रक्ररण भएको स्थानीय बताउँछन् । ‘अपहरणको मुद्दा लगाएर बेइज्जती र दुःख दिने काम मात्रै भारतीय प्रहरीबाट भएको हो,’ तिलाठीका चन्दनकुमार झाले भने । एक बर्ष अघि भारतीयहरुले खाँडो नदीमा बाध बाँधेपछि तिलाठी, सकरपुरा, रम्पुरा मल्हनीयासहितका गाविस डुबानमा परेको थियो । सो बाँध भारतीय प्रहरी, सीमा सुरक्षा बल (एसएसबी) र कुनौलीका स्थानीय बासिन्दाले नेपाली भुमी मिचेर बनाएका थिए ।

आधा दर्जन बढी गाविस डुबानमा परेपछि हजारौं नेपालीहरु विस्थापित हुने अवस्था निर्माण भएको थियो । यसपछि यादवकै नेतृत्वमा नेपालीहरुले बाँध भत्काइदिएका थिए । बाँध भत्काउने क्रममा भारतीय र नेपालीबिच दोहोरो झडप भएको थियो । झडपमा भारतीयहरु सहित ८ नेपाली घाइते भएका थिए । झडपमा यादव पनि गम्भिर घाइते भएका थिए । उनको टाउकोमा ८ टाँका लागेको थियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७