नेयमारको निर्णायक गोलमा पिएसजीलाई फ्रेन्च कप फुटबलको उपाधि


१० श्रावण २०७७, शनिबार

काठमाडौं, १० साउन । पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ ।
राति भएको खेलमा १० खेलाडीमा सीमित सेन्ट एटियानलाई १ शून्यले हराउँदै पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको हो ।

उसको जितमा खेलको १४ औं मिनेटमा नेयमारले गरेको गोल नै निर्णायक बन्यो । ३१ औं मिनेटमा रातो कार्ड खाएर पेरिन मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो ।

पिएसजीले १३ औं पटक कपको उपाधि जितेको हो । यो खेलका लागि रङ्गशालामा केही दर्शकलाई उपस्थित हुन स्वीकृति दिइएको थियो ।

गएको अप्रिलमा कोरोना भाइरसको महामारीका कारण लिग टुंगिएपछि फ्रान्समा भएको यो पहिलो खेल हो । चोटग्रस्त भएर मैदानबाट रुदै बाहिरिएका केलियन एमबाप्पेलाई उपाधिको खुशीले केही राहत मिलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७