‘राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन’ को स्थापना


१० श्रावण २०७७, शनिबार
rajesh 8DLyLzmevI 1

काठमाडौं, १० साउन । क्यान्सर रोगसम्बन्धी स्वास्थ्य तथा औषधि विज्ञानका क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानका अतिरिक्त क्यान्सर पीडितहरूलाई आवश्यक सहयोग र सेवा प्रदान गर्ने उद्देश्यले ‘राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन’ को स्थापना गरिएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं नेता प्रकाशमान सिंहले डा राजेश आचार्यको सेवा भावनालाई यस संस्थाले जीवन्त राख्ने बताए ।

फाउण्डेशनले जनस्वास्थ्यका क्षेत्रमा कार्य गर्ने गरी वृहत उद्देश्य बोकेको छ । विशेषतः क्यान्सरसम्बन्धी विभिन्न सङ्घसंस्था तथा उपचारमा संलग्न अस्पताल एवं स्वास्थ्य केन्द्रलगायतसँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य लिएको यस फाउण्डेशनले क्यान्सर पीडित, पीडितका परिवार, पीडितको हेरचाह गर्ने व्यक्तिहरूलाई उचित सरसल्लाह र मार्गनिर्देशक गर्ने सो अवसरमा जानकारी दिइयो ।


फाउण्डेशनका अध्यक्ष जनार्दन आचार्यले स्व राजेशको सेवा भावको चर्चा गर्दै संस्थाले क्यान्सर रोगीहरूको सेवामा आफूलाई समर्पित गर्ने बताए । विष्णुबहादुर सिलवालको सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा ऋषि केशनारायण श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारी र डा राजेशका बालसखा सुरजचन्द्र लामिछानेलगायतले उनको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७