बलिउड बादशाह साहरुखलाई लाग्यो यस्तो लफडा


१७ माघ २०७४, बुधबार
khan

बलिउड बादशाह साहरुख खानलाई पछिल्लो समय भाग्यले खेद्न थालेको छ । विगतमा साहरुखले खेलेका सबैजसो चलचित्र हिट हुँदै आइरहेको थियो । तर, पछिल्लो समय उनका चलचित्रहरु सोंचे जस्तो सफल हुन सकिरहेका छैनन् ।khan

चलचित्र फ्लप भएर चिन्ता बढिरहेका बेला साहरुलाई फेरि अर्को लफडा थपिएको छ । साहरुख यतिबेला फिल्म ‘जिरो’को छायाँकनमा छन् । यसअघिको उनको फिल्महरुले खासै कमाल गर्न सकेन । पछिल्लो समय प्रदर्शित दिलवाले, फ्यान जस्ता फिल्म फ्लप भयो । भनौं, शाहरुख अहिले ओरालो यात्रामा छन् ।

ओहलो लागेको मृगलाई बाख्राले पनि खेद्छ । उनको अलीबागवाला फार्म हाउसमा कर विभागले शिल गरिदिएको छ । आयकर विभागले शाहरुखको फार्म हाउस शिल गरेर ९० दिनमा त्यसको जबाफ मागेको छ । शाहरुखको यो फर्म हाउस बेनामी सम्पति लेनदनेनको प्रसङ्गमा विवादित बनेको छ । शाहरुखले अलीबागमा खेतीका लागि जमिन खरिद गरेका थिए । तर त्यसको साटो ठूलो फार्म हाउस बनाए ।

शाहरुखको यो फार्म हाउस अलीबागमा १९ हजार ९ सय ६० स्क्वायर मिटरमा फैलिएको छ । यस फार्महाउसलाई लिएर शाहरुखको बिरुद्ध आरोप लगाइएको छ कि, उनले खेती गर्नका लागि जमिन खरिद गरेका थिए । तर, अहिले पर्सनल युजको लागि काम गरिरहेका छन् । यतिमात्र होइन, यो फार्म हाउस बनाएका छन् । भनिहालौं, शाहरुले आफ्ना साथी र परिवारसँग होलिडे इन्जोए गर्न उक्त फार्म हाउसमा पुग्ने गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७