प्रहरीले नै लुटे पैसा र मोवाइल !


१७ माघ २०७४, बुधबार
police 1

काठमाण्डौं, १७ माघ : नागरिकको सुरक्षा र समाजमा अमन–चयन कायम गर्न खट्नु पर्ने सुरक्षाकर्मीहरु नै पछिल्ला समय आलोचनाको पात्र बन्न थालेका छन् ।police 1

अन्य त अन्य भए अब सुरक्षाकर्मीहरुबाट नै असुरक्षाको अवस्था सिर्जना भएको कुरा कलङ्कीस्थित सगुन होटलमा भएको जुवा काण्डले स्पष्ट पार्छ । सगुन होटलमा जुवा खेलिरहेका जुवाडेलाई नियन्त्रण गर्नुको साटो उल्टै धम्क्याएर पैसा लुटेपछि प्रहरीका सई र जवान कार्बाहीमा परेका छन् । सोमबार पीडित जुवाडे मोबाइल खोज्दै कालिमाटी वृत्तमा पुगेपछि घटनाको पोल खुलेको यसरी खुलेको हो ।

होटलमा जुवा खेल्दै गरेको सूचना पाएपछि सई मदनबहादुर मल्ल र जवान मनोहर बुढा कलङ्कीस्थित सुगुन होटलमा पुगेका थिए । जुवाडेलाई उनीहरुले ‘सामान र पैसा छाडेर भाग’ भन्दै जुवा खालमा रहेको साढे चार लाख रुपैयाँ र मोबाइल लिएर मल्ल र बुढा होटलबाट निस्किएका थिए । प्रभाग थानकोटमा कार्यरत उनीहरुले पैसा र मोबाइल लुटेरा शैलीमा लगेपछि पीडित कालिमाटी वृत्तमा पुगेका थिए ।
कालिमाटी वृत्तले अनुसन्धानका क्रममा मल्ल र बुढाको संलग्नता खुलेपछि उनीहरुलाई कार्बाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको थियो ।

प्रहरीले मल्लको साथबाट एक लाख ३५ हजार रुपैयाँ, बुढाको साथबाट १२ हजार रुपैयाँ र लुटिएको मोबाइल बरामद गरेको छ । परिसर टेकुले बुढालाई निलम्बन गरेको छ भने सई मल्ललाई निलम्बनको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पत्र पठाई सकिएको जनाइएको छ । महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दले जुवाडेबाट लुटपाट गरेको घटनामा सई मल्ल र जवान बुढालाई कार्बाही गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७