नेपालमा थप १३९ जनामा कोरोना संक्रमण, तीनको मृत्यु, संक्रमित १८,७५२ पुग्यो {भिडियाे}


१२ श्रावण २०७७, सोमबार
korona gautam1

काठमाडौं, १२ साउन । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९) का १ सय ३९ जना नयाँ संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार  विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। याे सँगै  मुलुकभर कुल संक्रमित हुनेको संख्या १८ हजार ७ सय ५२ पुगेको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०–१० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीका ३–३ जना, सल्षनका २ तथा सिराहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एकएक जनामा पनि संक्रमण देखिएको छ ।

सोमबार ६२६ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या १३ हजार सात सय ५४ पुगेको छ । अब चार हजार नौ सय ५० जना सङ्क्रमित उपचार गराइरहेका छन् । यस्तै १६ हजार तीन सय ७१ जना विभिन्न क्वरेण्टीनमा बसिरहेका छन् ।

नेपालमा अहिलेसम्म ३ लाख ४७ हजार २ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ ।

थप तीन जनाकाे मृत्यु 

पछिल्लाे २३ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको छ। पर्सा, धनुषा र बाराका दुई जनाको मृत्यु भएकाे प्रवक्ता गाैतमले जानकारी दिए ।

पर्सा वीरगञ्जका ६५ वर्षीय, धनुषाका ३८ वर्षीय र बाराकाे ६० बर्षिया पुरुषको मृत्यु भएका भएकाे हाे ।

वीरगञ्जको आदर्श नगर निवासी भारतीय नागरिक ६५ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए। पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै धनुषाको शहीद नगरपालिका ८ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएपछि गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अत्यधिक ज्वरो र रुघाखोकी लागेपछि उनी शनिवार प्रादेशिक अस्पताल पुगेका थिए। अस्पतालले उनलाई आइसोलेशन कक्षमा भर्ना गरेपनि अवस्था बिग्रिँदै गएपछि अस्पतालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेको थियो। तर धरान लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो।

यस्तै बाराका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन १२ गते मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । उनी न्युमोनिया र मस्तिष्कघातका बिरामी थिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७