प्रदेश–१ मा आज २३ जनामा कोरोना संक्रमण


१२ श्रावण २०७७, सोमबार
korona 1

विराटनगर, १२ साउन । प्रदेश नं १ मा आज २३ जनामा सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १९, झापामा दुई, पाँचथर र धनकुटामा एक–एक जनामा सङक्रमण देखिएको छ ।

यसरी सङ्क्रमण देखिएकामा विराटनगरका पाँच महिलासहित सात, रतुवामाईका १२, झापाको बाह्रदशीका दुई, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीका एक–एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सङ्क्रमितको संख्या ९४५ पुगेको छ भने निको भई घर फर्कने ७४७ रहेका छन् । प्रदेशमा आज ५१८ को पिसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म ४० हजार १८ को पिसीआर परीक्षण सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७