ऐश्वर्या र छोरी आरध्याले जिते कोरोनालाई, कस्तो छ अमिताभ, जया र अभिषेकको स्वास्थ्य ?


१२ श्रावण २०७७, सोमबार
d782b6eb25006b2c63160f088d0db14f w1000 h500 cp

नयाँदिल्ली, १२ साउन । बलिउडकी चर्चित नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्याले कोरोना भाइरस संक्रमणलाई जितेका छन् ।

उनीहरुको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको अभिषेक बच्चनले ट्वीटमार्फत जानकारी दिएका छन् । हाल दुवै अस्पतालबाट डिस्चार्ज भएको पनि अभिषेकले बताएका छन् ।

गत जुलाई ११ मा अमिताभ बच्चन र छोरा अभिषेकलाई कोरोना पुष्टि भएको थियो । उनीहरुमा कोरोना देखिएपछि जया बच्चन, एश्वेर्या र आरध्याको कोरोना परीक्षण भएको थियो ।
अमिताभ, जया र अभिषेक अझै कोरोनामुक्त भएका छैनन् । उनीहरुको अहिले पनि उपचार चलिरहेको छ ।

av

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७