कर्मचारी सञ्चय कोषका ऋणीहरुले कनेक्ट आइपिएसमार्फत भुक्तान गर्नसक्ने


१२ श्रावण २०७७, सोमबार
mbl and epf 30VJipo7s0

काठमाडौं,साउन १२ । माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चयकोष बीच कर्मचारी सञ्चयकोषका ऋणीहरुले लिएको ऋणको साँवा तथा व्याज कनेक्ट आइपीएसमार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको छ ।

कर्मचारी सञ्चयकोषबाट कर्जा लिएका ऋणीहरूले साँवा र ब्याज सहितको किस्ता रकम विद्युतिय माध्यमबाट भुक्तानी गर्न सक्ने गरि भएको सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चयकोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चयकोषका ऋणीहरूले कनेक्ट आइपीएस अनलाइन पोर्टलमा लगइन गरेपश्चात् गभर्मेन्ट पेमेन्ट अन्र्तगत कर्मचारी संचयकोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । नयाँ व्यवस्था अनुसार बैंक नपुगिकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७