जाग्यो आशा : कोरोनाविरुद्धको खोपको सबैभन्दा ठूलो परीक्षण शुरु


१३ श्रावण २०७७, मंगलवार
korona khop

काठमाडौं, १३ साउन । अमेरिकामा कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अहिलेसम्मकै बृहत् परीक्षण शुरु भएको छ । सोमबार शुरु परीक्षणमा ३० हजार जना सहभागी छन् ।

नेसलन इन्स्टिच्युट अफ हेल्थ एन्ड मोडर्न इन्कले बनाएको यो खोपले कोरोनाबाट मानिसलाई बचाउँछ नै भन्ने ग्यारेन्टी भने भइसकेको छैन । परीक्षणमा सहभागी स्वयंसेवकलाई पनि उनीहरूलाई वास्तविक खोप दिइँदैछ वा नक्कली भन्ने बताइएको छैन ।

दुई डोज दिएपछि वैज्ञानिकले नजिकबाट अध्ययन गर्दै खोपले कुन समूहमा प्रभावकारी काम गर्‍यो भनेर पत्ता लगाउने छन् । विश्वमा कोरोना महामारी घट्नुको सट्टा झन तीब्र भइरहेका बेला हुन गइरहेको यो परीक्षणलेले विश्वमाझ आशा जगाएको छ । स्रोत : बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७