गोर्खा सैनिकको तस्वीरअंकित स्टर्लिङ पाउण्ड निकाल्दै बेलायत


१३ श्रावण २०७७, मंगलवार
gorkha

बेलायत, १३ साउन । बेलायती सेनामा गोर्खा सैनिकले पुर्‍याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ ।

ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा बताएका छन् ।

हालसम्म श्वेत बेलायती बाहेक अन्य कुनै पनि समुदायका मानिसको तस्वीरअङ्कित सिक्का ननिकालिएको जनाइएको छ । सिक्का छाप्नका लागि कस्तो किसिमको बनाउने भन्नेबारे यसको ढाँचाका सन्दर्भमा कुरा भइरहेको र त्यसैका लागि सम्पूर्ण प्रस्ताव रोयल मिन्समा पेश गरिएको ट्रेजरी मिनिस्टरले जनाए ।

रोयल मिन्ट बेलायतमा सिक्का छाप्ने सरकारको स्वामित्व रहेको संस्था हो । यसले प्रत्येक वर्ष ६० भन्दा बढी देशको सिक्का छाप्ने काम गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७