थप ३११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार नाघ्यो


१३ श्रावण २०७७, मंगलवार
korona 5

काठमाडौं, १३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १२१ जना कोरोना संक्रमित निको भएका छन् ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप १२१ जनामा कोरोना संक्रमित निको भएर घर फर्केको बताए ।

योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १३ हजार ८७५ पुगेको छ । उनको अनुसार नेपालमा कोरोना निको हुनेको प्रतिशत ७२.८ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७