सेनाका यौन दूराचारीहरू समातिए


१४ श्रावण २०७७, बुधबार
army

काठमाडौं, १४ साउन । ‘नउम्रिँदै तीनपात’ भने जस्तो तालिम नसक्दै असामान्य हर्कत देखाउन थालेपछि नेपाली सेनाका एक क्याप्टेन, एक क्याडेट सेकेण्ड लप्टन र तिनलाई तालिम सिकाउने गुरुबा समेत अस्ती सोमबारदेखि सोझै घर फिर्ता गरिएका छन् ।

भक्तपुरको खरिपाटीमा अधिकृतस्तरको तालिम लिँदै गरेकी युवती र तालिम केन्द्रभित्रै उनलाई यौन व्यवहार गर्ने युवक यसरी निर्मम कारवाहीको शिकार भएका हुन् । दुःखको कुरा त के भने असल नैतिक आचरण सिकाउनु पर्ने गुरु आफैं गलत धन्दामा लागेको पाइयो र उनलाई पनि शून्य सहनशीलताको नीतिअन्तर्गत कारबाही गरिएको छ ।

ती युवतीलाई भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य ठहर्‍याइएको छैन । कप्तान भने एक वर्ष पुरानो यौनकाण्ड लाग्दा कोर्टमार्शलमा परेका छन् । डेढ महिनादेखि यस प्रकरणको गोप्य छानविन चलिरहेको थियो ।

नेपाली सेनामा गैरसैनिक ठेकेदारसम्मका हकमा आकर्षित हुने यस्तो अनुशासन सेनामै जागिर खानेका हकमा झन् कडाइका साथ लागु हुने कुरा सैन्य नेतृत्वले प्रमाणित गरिदिएको छ ।

उता, नेपाली सेनाका लागि अमेरिकाबाट १५ हजार थान हतियार आउने भएको छ । अमेरिकासँग नेपाली सेनाका लागि एम १६, के टु सिरिजको ५.५६ र ९ एमएमका गोली लाग्ने हतियारहरू किन्न लागिएको हो । यसमा पनि उनै दीपक भट्ट संलग्न रहेको बताइन्छ । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७